चण्डीगढमा नेपाली युवतीद्वारा आत्महत्या

चंडीगढ़, ०६ जुलाई । जिल्ला गुल्मी दरवार गाउँपालीका १ झिरवास निवासी एक नेपाली महिलाले आत्माहत्या गरेको समाचार छ ।

चण्डीगढको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार उनी नेपाल गुल्मी दरवार गाउँपालीका १ झिरवास निवासी चन्द्र विकका छोरा किसन विककी श्रीमती पर्वाती विक परिचय खुलाइएको छ । मृतकको बाबुको नाम सोही गाउँ झिरवास निवासी रबी विक रहेको समेत बताइएको छ ।

जानकारीका अनुसार किसन र पार्वतीले प्रेम विवाह गरी केहि समय दिल्लीमा बसेर गत एक वर्ष चंडीगढ़ नजिकै रहेको मोहाली जिल्ला अन्तर्गत कंसलगाउँको मकान नम्बर १७ मा किरायको कोठा लिएर बस्दै आएका थिए ।

श्रीमान ड्युटी गएको अवस्थामा पार्वतीले गलामा पासो लगाइ झुण्डिएर आत्महत्या गरेको बताइएको छ । पुलिस भेरिफिकेशन र पोस्टमार्टम पछि आफन्तहरुको रोहवरमा अंतिम संस्कार समेत भएको चंडीगढ़बाट विनु नेपालीले जानकारी दिनुभएको छ ।

२ वर्षको छोरा समेत रहेका उनीहरु बीच ६ जुलाईका दिन कुनै विषयलाई लिएर आपसी घरयासी विषयमा सामान्य भनसुन भएको पारिवारिक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार