चण्डीगढमा मूल प्रवाहको ४२ स्थापना दिवश मनाइयो

खिमराज चालिसे,
चंडिगढ, ०७ नोवेम्वर ।

भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवसको कार्यक्रम लामो समयपछि प्रत्यक्ष सभा गरि भव्य तथा सानदाररुपमा सम्पन्न गरिएको छ ।

कोरोना महामारीको कारण आमजनतालाई सहभागी गराउन असम्भव भएपनि आफ्ना कार्यकर्ताहरुको विचमा मूल प्रवाह चंडीगढ़ नगर समितिले कार्यक्रम सम्पन्न गरेको हो ।

नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा नगर सचिव तेज बहादुर रोकाद्धारा सञ्चालित सभामा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात नगर कोषाध्यक्ष किसन खनालले स्वागत गर्नुभएको सभामा मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमि तथा भारत स्थित नेपालीहरुको समसामयिक समस्याहरुको सम्बन्धमा वोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रिय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, महिला क्षेत्रीय सचिव जुना चालिसे, सदस्य सिमा खडका, जनजाति विभागका थमन थापा, रक्तिम विभागकी सरस्वता भुसाल, महिला नगर विभाग कि विष्णु अर्याल, समता विभागका दुर्गा विक, विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, क्षेत्रीय सदस्य सुरज चालिसे, नगर सचिव राम पंथी, मोहाली एरिया अध्यक्ष बालाराम न्यौपाने, सिटि एरिया अध्यक्ष दुर्गा विक, पंचकुला एरिया अध्यक्ष सुरेश आचार्य, इन्डस्ट्रीयल एरिया सचिव थानेश्वर पांडे लगाएत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार