चण्डीगढमा वाल संगठन गठन

चंडीगढ । अखिल भारत नेपाली बाल संगठन चण्डीगढको दोश्रो भेला भव्य र शानदार रुपमा सम्पन्न भएको छ । मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता र नगर सहसचिव थानेश्वर पांडेको सण्चालनमा अगाडि बढेको सो भेलामा विभिन्न अतिथीहरुको आसन ग्रहण पछी ज्ञात अज्ञात शहीदहरुप्रति १ मिनट मौनधारण पश्चात नगर सदस्य शमशेर केसीले स्वागत मन्तव्य दिनुभएको थियो ।

भेलाको विधिवत उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले गर्नु भयको थियो । खड्काले सो अवसरमा वाल संगठनको आवश्यकता तथा औचित्य बारे प्रकाशन पार्नुभएको थियो । महिला नगर सचिव जमुना खनालले भेलाद्वारा २९ सदस्यीय वाल संगठन चंडीगढको निर्माण गरिएको घोषणा गर्नुभएको थियो ।

जस्माः संयोजक– संदिप विक र सदस्यहरुमाः दिपेश वेल्वासे, दिव्या वेल्वासे, नम्रता भुसाल, आस्था अधिकारी, करण अर्याल, निखिल पाण्डे, नकिता पाण्डे, सौरव पाण्डे, सार्थक पाण्डे, संदिप आचार्य, आषिस आचार्य, अनन्या आचार्य, कल्पना जीसी, विवेक पाण्डे, मन महतरा, गणेश महतरा, आसु सुवेदी, संदिप परियार, संदेश पौडयाल, करिश्मा पौडयाल, सौरभ पौडेल, एंजल पंथी, एनआइस पंथी, हेमराज विक, साहिल आचार्य, मोनिका वुढाथोकी, दिव्यता तिवारी र तुषार तिवारी रहेका छन् ।

भेलामा केन्द्रीय सल्लाहकार तिलक पौडेल, सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका खिमराज चालिसे, क्षेत्रीय समता विभागका विनु नेपाली, क्षेत्रीय सदस्य लक्ष्मण खनाल, रक्तिम विभागका अर्जुन बिक, खेल विभागका दुर्गा विक, विद्यार्थी संगठनका नारायण आचार्य, दिपक चालिसे, महिला नगर विभागकी सरस्वता भुसाल, वाल विभागका संदिप विक, नम्रता भुसाल, दिवश आचार्य, संदिप आचार्य लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार