चण्डीगढ नगर उपाध्यक्ष न्यौपानेको स्वैच्छिक राहात सहयोग

चंडिगढ, २५ मई । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उत्पन्न समस्याहरुसँग जुझदै दैनिक जीवन निर्वाह गर्न वाध्य भइरहेका नेपाली श्रमजीवी मजदुरहरुलाई व्यक्तीगत, संस्थागत र प्रशाशनिक सहयोग गरि उद्धार गर्ने क्रम जारी छ ।

मानवीय सहयोगको लागि निरन्तर मूल प्रवाह केन्द्रको नीति निर्देशन तथा गाइडलाइनको पालना गर्दै कार्यकर्ताहरुले पनि उत्साहजनक सहयोग गर्ने सन्दर्भममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिका उपाध्यक्ष वालाराम न्यौंपानेले व्यक्तिगतरुपमा मोहाली एरियाका ६ जरुरतमंद परिवारका करिव २२ जना सदस्यहरूलाई सहयोग गर्नुभएको छ ।

साथै वहाँले एक जना अति जरुरतमन्दलाई नगद राशी रू. ५०० पनि सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार