चण्डीगढ नगर सदस्य शमशेर केसीलाई विदाइ

खिमराज चालिसे,

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य तथा एरिया अध्यक्षको शमसेर केसीलाई एक समारोह बीच विदाइ गरिएको छ ।

पंजाबको चंडिगढ स्थित इन्डस्ट्रीयल एरिया अन्तर्गत सेक्टर २८ मा बसोवास गरि गल्फकल्वमा कार्यरत शमशेर केसी स्वदेशको जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहभागि भइ कार्य गर्ने इच्छानुरूप स्वैच्छिक सेवानिवृत हुनुभएको हो ।

अत्यान्तै मिलनसार, सक्रिय र अनुशासित कार्यकर्ताको रुपमा चिनीने शमशेर केसी १९९१ मा फरीदावादबाट एकता समाजको सदस्यता लिई १९९५ मा चंडिगढको किसनगढ टोल समितिमा आवद्ध भइ निरन्तर क्रियाशिल रहँदै हाल चण्डीगढ नगर समितिको सदस्य, इन्डस्ट्रीयल एरिया समितिका अध्यक्ष एवं नगर खेल विभागको कोषाध्यक्ष समेत रहि विभिन्न जिम्मेवारीमा निर्वाह गर्दै आउनु भएको थियो ।

वहाँलाई समाजका केन्द्रीय सदस्य दिनेश खडका र केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसेले संयुक्त रुपमा फुलको हार लगाई दिनुभएको थियो । त्यस्तै केसीलाई स्मृति चिन्ह प्रदान गरिको थियो ।

कार्यक्रममा क्षेत्रीय सल्लाहकार एंव महिला क्षेत्रिय विभागकी सचिव जुना चालीसे, क्षेत्रीय सदस्य एंव नगर संयोजक मायाँ आचार्य, सदस्य सिमा खड्का, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल लगाएत नगर, एरिया तथा टोलका कार्यकर्ताहरु समेतले केसीलाई टीका लगाएर सम्मान गर्नुभएको थियो ।

नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा सहसचिव थानेश्वर पांडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर कोषाध्यक्ष किसन खनालले स्वागत गर्नुभएको थियो ।

दाङ, राप्ती गाउँपालीका ८ पीपरी, सिसेनियाका स्थायी निवासी शमशेर केसीले आफुले स्वदेशमा राजमोमा आवद्ध भई काम गर्ने प्रतिवद्धता समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार