चित्रबहादुर केसीद्वारा वामपन्थीहरुको संयुक्त सरकार गठनमा जोड

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबै वामपन्थी मिलेर नयाँ सरकार बनाउनुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनपछि शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीलाई हटाएर वामपन्थी कै नेतृत्वमा नयाँ सरकार बन्न आवश्यक रहेको अध्यक्ष केसीको भनाई थियो । ‘प्रधानमन्त्रीले नयाँ सरकार बनाउन बाटो सफा गरिदिनुपर्छ’, उनले भने, ‘संसद्‌मा रहेका वामपन्थी शक्तिको एकताबाटै नयाँ सरकार बन्नुपर्छ ।’

देशमा उत्पन्न पछिल्लो राजनीतिक अन्योल तथा अस्थिरताको कारक प्रधानमन्त्री ओली नै रहेको उनको आरोप छ । संसद्लाई बिजनेसविहीन बनाउँदै विभिन्न नाटक रचेर ओलीले फेरि मध्यवधि निर्वाचनतर्फ मुलुकलाई लैजाने खेलमा लागेको बताउनु भयो ।

‘बाह्य शक्तिको जुट मिल्न नसक्दा मुलुकमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ,’ केसीले भयो, ‘राष्ट्रियतालाई खलल पुर्‍याउने तत्त्वसँग साँठगाँठ गरेर सरकार बनाउने होइन, कार्यगत एकता गरेरै भए पनि वामपन्थी नेतृत्वको नयाँ सरकार बनाऔं ।’ संसद्को आयु अझै २२ महिना बाँकी रहेको भन्दै केसीले गणतन्त्रमाथि नै कालो बादल मडारिएको केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार