चिन्तन र समझदारी

विन बहादुर रेग्मी

कलकल सुसाईरहेको खोलाको छेउ पाखा पखेरामा मनकी रानी मुटुको धडकनसँग लुकामारी खेल्दै घास–दाउरा गर्नुको मजा नै बेग्लै हुन्छ । लुकामारी खेल्दाखेल्दै आगन भरि खेल्ने भैसकेका भान्टाङभुन्टुङलाई एउटा कुखुराको कलेजो पोलेर बाडदाको मजा नै बेग्लै हुन्छ ।

रिस उठेको बेला कुचो र बेलना टिमचा जस्ता हतियार चल्छन्, त्यसमा पनि मजा लुकेकै हुन्छ । लोग्नेस्वास्नी परिवारिक जिन्दगी मायाले मात्रै कहाँ चल्छ र ! घर वरपर छरछिमेकीको देखासिखी र पारिवारिक आर्थिक नाजुक परिस्थितिले बिदेशीनु पर्ने बाध्यात्मक स्थिति तयार हुन्छ ।

गाउँठाउँमा रूचीको रोजगार वा नोकरी नमिल्नु पनि बिदेशीनु पर्ने एक प्रमुख कारण हो । केही गरौं कि भनेर होटल पसल खोलौं भने आर्मी, पुलिस, ड्राईबर, मास्टर, नेताको खराब नजर श्रीमती छोरी माथि पर्ने यो समस्या पनि चानचुने चुनौति होईन । आफ्नै खोर्रेबारीमा आफ्नै माटोमा केही गरौं कि भनेर पिनालु, आलु, आरू फलाऔ भने बजार व्यवस्थापन छैन । मुटुको धडकन प्रियालाई चटक्कै छोडेर यो कल्कलाउँदो वैसमा विदेशमा दुःख काटनु कसलाई पो रहर होला र ।

यसमा श्रीमतीको के दोष ?

छोराछोरीको के दोष ?

ति कलकल सुसाईरहेका खोला र छेउछेउका पाखा पखेराको झन के दोष ?

यो पुँजिबादी प्रतिक्रियावादी राज्यव्यवस्थासँग युवा जनशक्तिको पहिचान परिचालन गर्ने दम नहुनु नै समस्याको मूल जड हो । जबसम्म यो सडेगलेको मक्किएको मरणासन्न अवस्थामा पुगेको पुँजिवादी प्रतिक्रियावादी राज्यव्यवस्था ढल्दैन, तबतक उखानटुक्का र भाषणले पाँचबर्षको सरकारको कार्यकाल सकिन्छ ।

तसर्थ : हामी बैदेशिक रोजगारमा भएकाहरूले टाउकामा कफन बाँधेर आमुल परिवर्तनको लागि हामी जहाँ छौं त्यही एकतावद्ध संगठित हुनैपर्छ । कम लगानीमा बढि आम्दानी हुने सिप सिकेर गाउँठाउँमा फर्किने सोंच बनाउनु पर्छ भन्ने मेरो बुझाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार