चुच्ने नक्शा 

  • हेम बिजी

आकास जत्रै छाती
र धर्ति जत्रै मन बनाएर
भरखर भरखर
सुमसुमाईरहेका थिए देशबासीहरु
नयाँ चुच्चे नक्शा !
महाकालीलाई अँगालो मार्दै
मुस्कुराईरहेका थिए
लिम्पियाधुरा,लिपुलेक र कालापानी
र,खुसीमा गदगद हुदै
सोच्दै थिए देशबासीहरु
विशाल नेपाल
खोज्दै थिए पश्चिम किल्ला काँकडा
र,पूर्वमा टिष्ट !
जब
सरकार प्रखुम
चुच्चे नक्शा विनाको
दिदै थिए दशैं शुभकामना
तब
सियोले घोचेको बेलुन जस्तै
फुट्यो पट्ट
देशबासीको खुसी र सपना
र,एकै छिनमा हरायो
प्रिय चुच्चे नक्शा !
भोली पल्ट
कसैले सुचना टाँसेको थियो
हिजो
सिंह दरबारबाटै हरायो छ
चुच्चे नक्शा
फेला पार्नु हुने महानुभावहरुले
कृपया
नेपाली जनतालाई बुझाई दिनु होला !
सुचना पत्रकै तल
कसैले
अर्को सुचना टाँसेको थियो
सत्ता र कुर्ची सँग
साटिएको हुन सक्छ चुच्चे नक्शा
सायद
यति बेला सम्म
पुग्यो होला
छिमेकी देशको सिमानामा
त्यो चुच्चे नक्शा
त्यसैले
खोज्ने प्रयास नगर्नु होला कसैले !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार