चेन्नईमा मूल प्रवाहद्वारा राहात वितरण

चेन्नई दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिले जारी लकडाउनका कारण वेसाहारा बनेकाहरुलाई २५ केजी चामल, नगद रू. ५०० सहित अन्य खाद्यान्न र बस्नको ब्यवस्थापन मिलाएको छ ।

बाग्लुङ जैमिनी ९ निवासी १ परिवार, ऐऐ निवासी ३ परिवार नेपाली श्रमिकहरु चेन्नईको चेम्बाक्कम स्थित जिआर होटेमा कार्यरत थिए । उनीहरू मध्ये कतिपय नोकरी लागेको १ हप्तामै लकडाउन शुरू भएको र होटल मालिकले केही समय खान बस्नको लागि ब्यवस्था गरेता पनि पछि आफूले केही गर्न नसक्ने बताएको र आफ्नो बाटो गर भने पछि उनीहरु अलपत्र अवस्थामा पुगेका थिए ।

जानु पनि कहाँ जानु, अरु केही उपाय छैन, पछि मालिकको टोकाइ खाँदै दिन काट्दै गरेको अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिलाई जानकारी प्राप्त भएसँगै चेन्नई दक्षिण नगर समिति २१ मईका दिन क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदी, नगर अध्यक्ष लोकेंद्र पौडेल, सदस्य बिकास शर्माको टोलीले स्थलगत रिपोर्ट लिनुका साथै होटल मालिकसँग छलफल गरि ४ जना ब्याचलर मजदूरहरूलाई विना टोकाइ लकडाउनसम्म खान बस्न मालिकबाट हुनु पर्ने दबाब पछि परिवार सहितका मजदुरहरुलाई बस्ने ब्यबस्था मालिकबाट गर्ने र खानको लागि संगठनले २५ केजी चामल र ५०० रूपयाँ नगद राहत स्वरूप सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार