चेन्नई पश्चिममा दुई दिनसम्म मनाइयो स्थापना दिवस

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिममा दुई दिनसम्म एकता समाजको ४२औं स्थापना दिवस मनाइएको छ ।

चेन्नईको टेलीफोन एक्सचेंजमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता अर्जुन केसीले र याम कुमार नेपालीले संचालन गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरू आशनग्रहण पछि शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि नगर सदस्य हरी जीसि स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने, क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, नगर सदस्य प्रेम नेपाली, नगर सदस्य कृष्ण ढकाल, नगर सदस्य गंगा थापा, नगर सदस्य रमाकान्त शर्मा, नगर सदस्य माया थापा, भिम बहादुर थापा, कल्पना थापा, गुरू प्रसाद शर्मा, मनिराम नेपाली लगायतले शुभकामना दिनुभएको थियो ।

स्मरण रहोस् नगर समितिद्वारा हिंजो ७ नोभेम्बरका दिन पनि चेन्नई पश्चिममा ४२औं स्थापना दिवस कार्यक्रम सम्पन्न पारिएको थियो ।

यो पनि पढ्नुहोस् :-

चेन्नई पश्चिममा ४२औं स्थापना दिवस मनाइयो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार