चेन्नई पूर्वबाट ३ जना कार्यकर्ताहरुलाई विदाई

कोटी प्रसाद पोखरेल

चेन्नई पूर्व, ११ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्ब नगर समितिका सदस्य प्रेम थापा, पुर्व नगर महिला बिभाग सचिव रक्तिम साँस्कृतिक कलाकार यमुना थापा साथै रक्तिम बाल कलाकार प्रिय थापा स–परिवार स्थायी रुपमा स्वदेश जानुहुने भएको हुँदा उहाँहरुलाई एक कार्यक्रम सहित बिदाई गरिएको छ ।

सो विदाई कार्यक्रम नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता सचिव कोटी प्रसाद पोख्रेलको सञ्चालनमा अगाडि बढेको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्र समितिका सदस्य काशिराम शर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै नगर समितिका सदस्य प्रेम थापा, यमुना थापा र प्रिय थापाको विशेष आतित्थ्यता रहेको थियो । शहिदहरुप्रति एकमिनेट मौनधारण पछि उपस्थित जनमानसलाई चेन्नई पुर्ब नगर समितिका उपाध्यक्ष ओमकान्त शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि काशिराम शर्मा, नगर अध्यक्ष चन्द्र बहादुर थापा सहित उपस्थित कार्यकर्ताहरुले पुर्व नगर महिला बिभाग अध्यक्ष लक्ष्मी चालिसे र सेमनचरी एरिया समिति महिला बिभागको तर्फबाट वालकुमारी चापागाईं लगायत उपस्थित सम्पूर्ण समितिका सदस्यहरूबाट दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

काशिराम शर्मा, पुर्ब नगर समितिबाट लक्ष्मण चालिसे, राम प्रसाद शर्मा, टिका थापा, लोकप्रसाद पराजुली, बिमल बहादुर लामेछाने, सुर्य प्रसाद भुसाल, दयाराम बिक, पुर्व नगर महिला बिभागको तर्फबाट लक्ष्मी चालिसे, सेमनचरी एरिया समितिको तर्फबाट प्रथम बाहादुर क्षेत्री र फनाधर पोख्रेल लगायतले शुभकामना दिनुभएको थियो ।

उहाँहरूले पनि स्वदेसमा गई एकता समाजले दिएको शिक्षालाई ईमान्दारिता साथ राष्ट्रिय जनमोर्चामा आबद्ध भई आज गरिब, निमुखा जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार