चेन्नई मद्रासमा मात्रै २१ जना नेपालीहरु कोरोना संक्रमित

चेन्नई । यतिवेला विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले सम्पूर्ण मानव जगतलाई नै भय र त्रसित बनाइरहेको छ । यो संक्रमणले रोजगारीमा भारत प्रवासमा रहेका तमाम नेपालीहरु संक्रमित हुनुका साथै मृत्यूवरण समेत भएका छन् ।
चेन्नईबाट हामीलाई महेन्द्र बस्यालले दिनुभएको जानकारी अनुसार बर्ष ५०, काठमाडौं निबासी हाल चेन्नईमा ब्यूटी पार्लरमा कार्यरत एक महिलाको २४ जुन २०२० का दिन दुःखद निधन भएको छ । उनको निधनको (कोभिड– १९) संक्रमणका कारण चेन्नई स्थित राजीव गांधी सरकारी अस्पतालमा भएको छ ।
उनलाई छोडेर हालसम्म चेन्नईमा मात्र २० जना नेपालीहरु श्रमजिवीहरु कोरोना संक्रमि भएको जनाइएको छ । उनीहरुले स्थानीय विभिन्न सरकारी तथा प्राइवेट अस्पतालहरुमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार