चेलि किन बिद्रोही भए ?

सुरेशकुमार पाण्डे

असमानताको झटारोले ठटाए पछि ता बिद्रोही भए,
महिला समान अधिकार नपाए पछि ता बिद्रोही भए ।

लड्न मर्न कसलाई रहर हुन्छ यो संसारमा यसो सोँचांै,
भ्रष्टचारी ब्यबस्था मनले नभाए पछि ता बिद्रोही भए ।

जन्मिदै बेडि लगाई दिने र सति पठाउँने समाज भित्रनै,
कुसँस्कार सबै नारीले नपचाए पछि ता बिद्रोही भए ।

पुरुष प्रधान समाजले कट्पुत्लि अनि नर्तकि भनाउँदा,
आधा आकास कालो बादल छाए पछि ता बिद्रोही भए ।

भोट दिन पाउँने अधिकार माग्दा झेलनेल धेरै अत्याचार,
निर्दोशहरुको छातिमा गोलि लाए पछि ता बिद्रोही भए ।

कलिला चेलिबेटीलाई लोभ प्रलोभन देखाई जबर्जस्ती,
बिबहाको नाउँमा दुश्मनले उठाए पछि ता बिद्रोही भए ।

असमानताले भरिभराउ पुँजिवादी पुरुष प्रधान समाज,
महिलाहरु अत्याचारबाट अघाए पछि ता बिद्रोही भए ।

कसरी बाँच्न सक्छन् बिना सम्पति आजिवन दाष बनेर,
समाजले अपमानको भार लधाए पछि ता बिद्रोही भए ।
१ मार्च २०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार