छदमभेषिहरु

रवि शर्मा

नांगो भएर आएका छन्
छदमभेषिहरु,
बाङगा भएर आएका छन्
छदमभेषिहरु,
रातो अबिर र सेतो खरानीमा
फेरिएका छन, छदमभेषिहरु
रंग बदलेका छन्
छदमभेषिहरु
भाका फेरेका छन्, छदमभेषिहरु
दक्षिणपन्थी र काँग्रेस प्रस्त
भएको,
आरोप लगाएका छन्
छदमभेषिहरु
मसाल सकियो ।
मोहन बिक्रम

चित्रबहादुरहरु सकिए
भनेर लामो भाका
हालेका छन छदमभेषिहरु ?
पहिले करोड खायो भन्थे
कहिले चित्र बहादुरले
घर किन्दै छन् भन्थे
कहिले मन्त्री खान लाग्यो
कहिले सरकारमा जान लाग्यो
भन्दै भाका बदलेका छन्
भन्दै छन् छदमभेषिहरु
खुल्ला बिरोध भएकोले
अहिले सरकारमा नजाने भयो मसाल ?
पढ्दैनन् छदमभेषिहरु ।
खुल्ला बक्तब्यर लेखहरु ?
बहकिन्छन् छदमभेषिहरु
लगाउँछन् तुक नभएका आरोपहरु ?
राता र सेता
छदमभेषिहरु ।
भन्दै छन् छदमभेषिहरु
हामी असलमा क्रान्तिकारी हौं ।।
क्रान्तिको गित गाएर
क्रान्तिकारी हुने भए
चालीस बर्ष गाएकै हौ ।
मुखले क्रान्ति आउने भए
चालिस बर्ष भनेकै हौ ।
क्रान्तिको नाममा
क्रान्तिकारी खोल ओडेर
छदमभेषि क्रान्तिकारीहरु
भ्रम सिर्जना गर्न तल्लीन छन् ।
बहुदलीय ब्यबस्थामा अब
सरकारमा जानू र नजानुको
कुनै मतलब रहेन् ।
सरकारमा जाने किन ? नजाने किन ?
गएर के हुन्छ ? नगए के हुन्छ ?
कार्यनैतिक प्रश्न बनेको थाहा
पाउँदा पाउँदै
छदमभेषिहरु ।
फेरि गित गाएका छन्
भाका फेरेका छन्
धुन बदलेका छन्
तर,
बगर माथिको माछो जस्तै
छट्पटी गरेका छन्, छदमभेषिहरु ।
मोहन बिक्रम सकिन्छन् ?
चित्र बहादुर सकिन्छन् ?
सकिन्न,
अजय, माक्र्सवादी नीति
झुक्दैन बिचार
ढल्दैनन आस्थाहरु ।
छदमभेषिका आरोप

गालिहरुले सकिने भए
इतिहासले गरेको मजाक
क्रान्ति वा भ्रान्ति
पछि फर्केर हेर छदमभेषिहरु ?
न चिच्याउ छदमभेषिहरु
नडुक्र छदमभेषिहरु
घाटा त पुर्यायौं
इतिहास त पछि धकेल्ने नै भयौं ?
तर धकेलिने छैनन्
बिचारहरु
फेरिने छैनन्, नीतिहरु
हार्ने छैनन् ती महान योद्दाहरु ?
मिति : १४/०७/२०२१

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार