छबिलाल पोख्रेलको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न

श्रीगंगानगर, २९ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराईको पिता एंव केन्द्रीय सचिव त्रिभुवन भट्टराईको ससुराबुबा स्व. छबिलाल पोख्रेलको निधनको एघारौं दिनका दिन राजस्थानको श्रीगंगानगर भट्टराई निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

त्रिभुवन भट्टराईको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्व. छबिलाल पोख्रेलको रुढिवादी सँस्कार विरुद्ध प्रगतिशील विचारप्रतिको लगावले नै छोरीको प्रगतिशील विवाहको आधार तैयार गरेको कुरा दर्शाउँदै वहाँको जीवनी बारे मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जीसीले स्पष्ट पार्नुभएको थियो ।

दाङ देउखुरी जिल्ला, लमहि नगरपालिका १ श्रीगैं निवासी ७८ वर्षिय छविलाल पोख्रेल राजमोको सदस्य पनि हुनुहुन्थ्यो । परिवारका अनुसार वहाँ केहि वर्षदेखि क्यान्सर रोग पिडित पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार