छातीमा बजार्नलाई बुट

जनक बिस, केरला

देशको धन सम्पति
अर्कैको देशमा राखि ,
नेपाल देशका “गरिब हौ”
हामी भिख मागि मागि
नौटङ्कि जाल बुन्ने
देशका जालि फटाह
राज्य सत्तामा बसेर
देश चुस्ने
शाषकहरु बिरुद्ध
सम्पुर्ण गरिव जनता एक हौं
कार्न्तीकारि लाल झन्डाको
एकतामा जुट
साम्राज्यवादी दलालहरुको छातीमा
बजार्नलाई बुट ।

अन्याय अत्याचारको
बिरुद्द लडनलाई
हाम्रा गाँस बाँस कपासको
ग्यारेन्टि गर्नलाई
१८१६ को भारतिय साम्राज्यवादसँग
भएको असमान सन्धि,
१९५० को सुगौलि सन्धि
लगायतका सन्धि सम्झौता
खारेज गर्नलाई

क्रान्तिकारी लाल
झण्डाको एकतामा जुट
साम्राज्यवादि दलालहरुको
छातिमा बजार्नलाई बुट ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार