जनजाति सम्मेलन कपिलवस्तुको अध्यक्षमा नरबहादुर घर्तीमगर

केरसिंह अदै,

कपिलवस्तु । अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज (सोमबार) चनौटामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

सम्मेलनका अध्यक्ष निमबहादुर बुढा मगरले सममेलनको उद्घाटन गर्दै जनजातिहरुको मौलिक हक अधिकार यो व्यवस्थाले गर्न नसक्ने बताउनुभयो । उहाँले जनजातिहरुको समस्या जातीय समस्या नभई वर्गीय समस्या भएको पनि उल्लेख गर्नुभयो। अरु संगठनले जातीय मुद्दा मात्र उठाउने गरेको रजनजातिहरुलाई विभिन्न खाले एनजीओ आईएनजीओ तथा जातिवादी समूहहरुले प्रयोग गरेको बुढामगरले आरोप लगाउनु भयो । अध्यक्ष बुढाले जनजातिहरू सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वामपन्थी नेता सुरेश थापाले देशको तत्कालीन राजनैतिक अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव उषा पुन, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनले भेला सफलताको शुभकामना दिनुएको थियो ।

जनजाति सम्मेलन प्रदेश इन्चार्ज रामबहादुर जीएम, प्रदेश सदस्य विमल श्रीष र जनवर्गीय संगठन प्रमुखहरुको पनि आतिथ्यता रहेको थियो ।

अधिवेशनले नरबहादुर घर्तीमगरको अध्यक्षतामा ९ पूर्ण, २ वैकल्पिक र ४ सल्लाहकार गरी २१ सदस्सीय अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छविलाल सिञ्जाली, सचिव केरसिंह पुन र कोषाध्यक्षमा रमनी सिँजापति रहनुभएको छ । सदस्यहरूमा पवित्रा रोका, भक्तबहादुर थापा, सनबहादुर गुरुङ, करन पुन, बेगम बुढा र वैकल्पिक सदस्यहरुमा खगेन्द्र पुन, मोहन चौधरी हुनुहुन्छ । सल्लाहकारमा मानबहादुर सिँजापती, अमृत आले, लालबहादुर चौधरी र बबिता सारु रहनु भएको छ ।

नव निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र अखिल नेपाल जनजाति सम्मेलन प्रदेश नं ५ का इन्चार्ज रामबहादुर जिएमले बधाई तथा शुभ कामना दिनु भएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

छबिलाल सिञ्जालीको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता नरबहादुर घर्तिमगर तथा स्वागत केरसिंह पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार