जनतालाई सहयोग

गुन्टुर । लेकबेसी नगरपालिका वडा नं. ६ सुर्खेत निबासी कुल बहादुर रानाका छोरा बर्ष ३० का ठग बहादुर राना रोजिरोटिको शिलशिलामा आन्ध्रा प्रदेशको गुन्टुर जिल्लामा अबस्थित द शोर्मा कम्पनीमा हेल्परको रुपमा बिगत ४ महिनादेखि काम गर्दै आएका थिए । काम गर्ने क्रममै ४ जनवरी २०२० का दिन करेन्ट लाग्न पुगि घटनास्थल मै मृत्यु हुन पुगेको प्रत्यक्ष दर्शिहरुले बताए ।

जसको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिलाई मिल्नासाथ क्षेत्रीय सदस्य तथा एल्लुरु नगर समितिका अध्यक्ष राजकुमार रायमाझीको नेतृत्वमा उक्त घटनाको छानबिन गरिएको थियो । मृतकका परिवार तथा आफन्तजन नेपालबाट ७ जनवरीका दिन पुगे पछि मृतकको परिवारजन सहित कम्पनी मालिक समक्ष क्षतिपूर्तिको माग अघि सारिएको थियो ।

कम्पनीको ब्यबस्थापन पक्षसँग बार्ता गरि हस्पिटलको खर्च, दाह संस्कार खर्च बाहेक भारु. २ लाख ७७ हजार दिलाइएको छ । उक्त बार्तामा मूल प्रवाहलाई प्रवासी संघ, गुन्टुरका कार्यकर्ताहरूले सघाएका थिए । तत्पश्चात ८ जनवरीका दिन दिन मृतकको दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु, प्रवासी नेपाली संघ भारतका कार्यकर्ताहरु र गुन्टुर स्थित रहने श्रमजिवी नेपालीहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार