जनबादी गायक लिला परियारको पञ्चे बाजा

नवीन बस्याल

जनबादी गायक लिला परियारको पंचे बाजा गीत भिडियो सहित हालै सार्वजनिक भएको छ ।

लीला परियारको शब्द र सङ्गीत रहेको यो गितमा स्वर लीला परियार, पम्फा बन्जाडे र मञ्जु परियारको रहेको छ । गितको संगीत संयोजन नारायण दंगालले गर्नु भएको छ । गितको भिडियोमा नारायण दंगाल र बबिता थापाको मुख्य अभिनय रहेको छ । यो पञ्चे बाजा गीत सरसर्ती सुन्दा कसैकसैलाई सामान्य जस्तो पनि लाग्न सक्छ । तर गितले गम्भीर भाव बोकेको छ । यो गीतका शब्दले वैदेशिक रोजगारमा रहेर प्रवासी जीबन यापन गरिरहेका मजदूरहरूको बेदना बोलेको छ । उनीहरूले बिदेसी भुमिमा गरेको संघर्ष, त्यहाँ उनीहरु माथी भएको अन्याय र अत्याचारको गीतका शब्दहरूले ब्याख्य गरेका छन् ।

लाखौंको संख्यामा विभिन्न देशमा जीबन यापनको निमित्त कष्टकर जीबन बिताई रहेका नेपालीहरूको यथार्थ कथा यो गीतका शब्दहरूले यसरी उठान गरेका छन :  आउन फर्की हिमाली चरी
हुरीसंगै बेगहाने झै गरी
कति डुल्छौ संसारै भरी
दुःखीको घर बन्दैन केहि गरी
जन्मघर सुन सान पारी
बाल बच्चा रुवाउदै धरधरी
सधै भरी दुःखको भारी
त्यसै माथि पराइको मनपरी
कुन ठाउँ छ र फलेको धन
जहाँ गए नि श्रमको शोषण
कस्तो होला सम्झिदा मन
देशको हालत देखेर झनझन

गीतका शब्दले मुख्य रुपमा एउटा समृद्ध परिवारको सपना बोकेर संसार भरी डुली रहेका प्रवासी नेपालीलाई स्वदेश फर्कन आवहान गरेको छ ।

आखिर जहाँ गए पनि तबसम्म दुःखीको घर बन्दैन, जबसम्म देश नै समृद्ध बन्दैन भन्ने सन्देश समेटेको छ ।

यो गीतको भिडियो निर्देशन सुशिल ठकुरीले गर्नु भएको छ । गितको म्युजिक भिडियोमा रक्तिम अभियानका कलाकारहरू प्रतिभा शर्मा, सुजन थापा, केशव राना, कमला क्षेत्री, हरी सर्तुङ्गी, विशाल बुढाथोकी र पुष्पा थापा लगायतले ग्रुप नृत्य गरेका छन् ।

गितको भिडियो छायांकन गर्दा रक्तिम कै परिचित कलाकार दान श्रीस र सीता थापा अनि छायांकन स्थलका स्थानीयवासीहरूको निकै राम्रो सहयोग रहेको छ ।

मित्र लीला परियार सहित सम्पूर्ण टिमलाई यो सहराहनीय कार्यका लागि धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार