जयपुर दक्षिणमा मूल प्रवाहद्वारा विपन्न परिवारलाई राहत वितरण

जयपुर । विश्व व्यापी फैलिएको कोरोना रोकथामको लागि सरकारद्वारा गरिएको लकडाउनको कारणले प्राइवेट सेक्टरमा काम गर्ने वा दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गरि रहेका नेपाली वा साना तिना मोमो चाउमीनको ठेला (रेड्डी) लगाएर जीवन धानी रहेका नेपालीहरु यति बेला गम्भीर संकटको बीचबाट गुज्री रहेका छन् ।

यो लकडाउनको समस्याले उनीहरुको रोजगारीमा नै समस्या उत्पन्न भएकोले कैयौं नेपाली मजदूरहरु भोकै बस्नु पर्ने समस्या समेत श्रृजना भएको छ । यही परिस्थितिलाई मध्य नजर राख्दै जनताको सुख दुःखमा सधैं जनताको साथ रहने भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणले यतिबेला जनताको घर घर गई उनीहरुलाई राहत स्वरुप राशन लागतका सामग्रीहरु वितरण गरिरहेको छ ।

मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम रानाको नेतृत्वमा कोषाध्यक्ष दीपक थापा, सदस्य ओम थापा, करण थापा, महिला विभागकी सचिव माया थापा, कोषाध्यक्ष दीपा थापाको टोलीले अहिलेसम्म मानसरोवर, सीतापुरा, पत्रकार कालोनी, प्रताप नगर आदि स्थानहरुमा करिब ३० परिवारलाई लगभग २५० किलो आटा, १६० किलो चावल, ३० किलो दाल साथै खाने तेल, नून आदि वितरण गरेको छ ।

त्यस्तै नगर सल्लाहकार टेक बहादुर नेपाली र रुद्र बहादुर थापाको अर्को टोलीले मानसरोवरको केही भाग, सिरसी रोड, मिनावाला, सिविल लाईन, सीस्कीम आदि स्थानहरुमा राहत सामग्री वितरण गरिरहेको छ । यो राहत वितरण कार्य जारि रहेको नगर अध्यक्ष रिम रानाले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार