जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने मन्त्रिपरिषदको निर्णय

सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ । २०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ । सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार