जातीय समता समाजको भेला सम्पन्न

दण्डा । जातिय समता समाज नवलपुर जिल्ला समितिको भेला सम्पन्न भएको छ । भेलाले नर बहादुर बिश्वकर्माको अध्यक्षमा नवलपुर जिल्ला समिति चयन गरेको छ । समाजका केन्द्रीय सल्लाहकार राजेश विश्वकर्माको प्रमुख आतित्थ्यता तथा उद्घाटनमा सम्पन्न उक्त कार्यक्रम जिल्लाको दण्डा बजारमा सम्पन्न भेला प्रतिनिधि मुलक सम्पन्न पारिएको हो ।

समाजका गण्डकी प्रदेश संयोजक रन बहादुर रिजालले नयाँ समितिको घोषणा गर्नुभएको थियो, जसमाः उपाध्यक्ष– बुद्धिमाया नेपाली, सचिव– लक्ष्मी विक, कोषाध्यक्ष– राम बहादुर विक, सदस्यमा क्रमशः सुरज विक, रणजित विक, प्रेम विक र दुई बैकल्पिक सदस्यको स्थान रिक्त राखिएको छ । भेलाले नारायन सोनी, पदमा विक र रन बहादुर रिजाललाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई प्रमुख राजेश बिश्वकर्मा, राजमो नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । वक्ताहरुले एकाइसौं सताब्दिको अन्त्यसम्म आईपुग्दा पनि बिधमान समाजमा मानिसले मानिसलाई गर्ने ब्यबाहर अत्यन्तै बर्बर र अमानवीय भएको बताउनु भयो । समाजमा जातीय छुवाछुत प्रथा अझै पनि कायम भएको र यो नकारात्मक प्रथालाई आम जनसमुदायले मिलेर समाजबाट अन्त्यष्ठी गर्नु पर्ने नितान्त जरुरी भएको समेत अतिथि वक्ताहरुको जोड थियो । समाजलाई परिवर्तन गरि सभ्य समाजको निर्माण गर्नु आवश्यकता बारे पनि वक्ताहरुले जोड दिनुभएको थियो । अझै थप जिकिर थियो समाज परिवर्तन गर्ने हो भने शिक्षालाई प्राथमिकता दिएर सिङ्गो दलित बर्ग सरिक र चेतनशिल बन्नु पर्छ भनेर प्रस्ताउनु भएको थियो ।

उक्त भेलाको शुभकामना दिनेहरुमा मानबहादुर लामा, लक्ष्मी बिक,बिकाराम चौधरी, चन्द्र सापकोटा, रनबहादुर रिजाल लगायतले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

राम बहादुर विकको सञ्चालन तथा नारायन सोनिको अध्यक्षताबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा जा.स.स. गण्डकी प्रदेश संयोजक रन बहादुर रिजाल, रा.ज.मो. केन्द्रीय परिषद सदस्य चन्द्र सापकोटा, जनजाति सम्मेलन केन्द्रीय सल्लाहकार बिक राम चौधरी, रा.ज.मो.नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डे, अ.ने.म.संघ नवलपुर जिल्ला सदस्य लक्ष्मी विक, राजमो राजमाङ देउराली गा.पा.अध्यक्ष मान बहादुर लामा लगायतको आतित्थ्यता रहेको थियो । शहिदहरुको सम्मानमा एक मिनट मौनधारण पछि नर बहादुर बिश्कर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार