जारी छ झिमरुकमा संगठन विस्तार अभियान !

प्युठान । अखिल नेपाल युवक संघ र राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.३ को संयुक्त भेला आहालखोलाको डाँडाडीमा सम्पन्न भएको छ । आज सम्पन्न भेलाले अर्जुन केसीको अध्यक्षतामा २७ सदस्यीय समिति सहित युवक संघको वडा समितिको पुनर्गठन गरेको छ ।

पुनर्गठित समितिको उपाध्यक्षमा कृष्ण खड्का, सचिवमा विश्वास एमसि, सहसचिवमा विजय केसी र कोषाध्यक्षमा प्रविसा खड्का चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा विवस विक, थम्मन खड्का, भिमसेन पौडेल, वसन्त सामत, रविन एमसि विकल्प खड्का, मधु विक, निशा विक, शुवास विक, वालाराम विक, असोक केसी र कस्तुरा एमसि रहनुभएको छ ।

त्यसैगरी बैकल्पिक सदस्यहरुमा दिपक खड्का, नारायण विक, ज्ञान परियार, हरि विक, प्रेमप्रसाद पोख्रेल, सृजना केसी, गणेश एमसि, वलबहादुर एमसि र कमल पोख्रेल रहनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा विनोद विक, नवीन केसी र जुमानसिंह विक रहनुभएको छ ।

भेलाको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा झिमरुक एरिया अध्यक्ष शिद्दिमान जिसी, अतिथिहरुमा राजमो जिल्ला सल्लाहकार विरबहादुर जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी ५ नम्बर वडा अध्यक्ष टीका जिसी, ३ नम्बर वडा अध्यक्ष मिनबहादुर केसी, वयोवृद्ध नेता दण्डवहादुर केसी, युवक संघका झिमरुक अध्यक्ष लिमान सिंह जिसी, मुलप्रवाहका कृष्ण विक, विद्यार्थी नेता नवीन केसी, वडा सदस्य नवराज केसी, महिला प्रतिनिधि धना पौडेल, स्थानीय नेता केसरजंग एमसि, रेगम महतारा, जगतबहादुर एमसि, नरेन्द्र पोख्रेल, शोभाराम पौडेल, यामबहादुर जिसी, रामप्रसाद पोख्रेल, चेतप्रसाद पोख्रेल, विरबहादुर विक भिमबहादुर कार्की लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता राजमो ३ न. अध्यक्ष तेजबहादुर खड्का स्वागत मन्तब्य अर्जुन एमसि र सञ्चालन विनोद विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार