जालन्धरमा मूल प्रवाह संयुक्त एरिया सम्मेलन सम्पन्न

सृजना बगाले, 

चंडिगढ, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्धारा सञ्चालित तिनवटा एरिया समितिहरुको संयुक्त सम्मेलन घोषणासभा भव्य रुपमा सम्पन्न पारिएको छ । कोरोना महामारीका कारण प्रतिनिधिमुलक गरिएको संयुक्त एरिया सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

खनालले प्रमुख अतिथिको आसनबाट सम्मेलनलाई सम्बोधन गर्दै– अनुशासन विरोधी तथा संगठनबाट निस्काशित फुटपरस्त तत्वहरुले फैलाइएका विभिन्न भ्रमहरुका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई आव्हान गर्नु भएको थियो । साथै खनालले सैद्धान्तिक क्षमता वृद्धी गर्नु पर्ने र समय समयमा संगठन माथी हुने हमलाका विरुद्ध पनि सम्पूर्ण स्तरका कार्यकर्ताहरु सतर्क रहन प्रमुख अतिथी खनालले जोड दिनुभएको थियो ।

केन्द्रीय सदस्य कुल बहादुर बगालेले घोषणा गर्नुभएको तिनवटै एरिया समितिहरुमा निम्ननुसार रहनुभएको छ ।

इन्डस्ट्रीयल एरिया समिति,

इन्डस्ट्रीयल एरिया समितिको १५औं एरिया सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरुमाः अध्यक्ष– हिम प्रसाद सुनाम, उपाध्यक्ष– चन्द्र बस्याल, सचिव– अमित सुनार, सहसचिव– सन्तोष बुढा मगर, कोषाध्यक्ष– खेम बस्याल र सदस्यहरुमाः मनोज बोहरा, मञ्जुल सुनाम, विपिन परियार, लाल बहादुर सुनार, देव गुरुङ, विक्रम सुनाम, वैकल्पिक सदस्यहरुमा अनु बुढा मगर, माया केसी, सरिता सुनाम, सुनिता परियार रहनुभएको छ । त्यस्तै सम्मेलनले प्रेम केसी, देवी बस्याल, टेक प्रसाद श्रेष्ठ, राम चन्द्र परियार, देवी बोहरा, भिम बहादुर थापा, राम बहादुर रसाइली र राजु तिरुवालाई सल्लाहकार चयन गरेको छ ।

बस्तीबावाखेल एरिया समिति,

बस्ती बाबाखेल एरिया समितिको १३औं सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरुमाः अध्यक्ष– तिल बहादुर थापा, उपाध्यक्ष– भक्त बहादुर लम्तरी, सचिव– राम बहादुर दर्लामी, उपसचिव– हरिकला बगाले, कोषाध्यक्ष– टोप बहादुर बगाले र सदस्यहरुमाः यम बहादुर थापा, निर्मला पाण्डे, राजेश केसी, लाल बहादुर थापा, दिपक उचै, बसन्ती आले, सपना सोमै, राम बहादुर सिंजाली, अर्जुन कुँवर, विमल पाण्डे र वैकल्पिक सदस्यहरुमाः नरेश कुमाल, जानकी उचै, लाल बहासुर जिएम, विनोद परियार रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमाः यम बहादुर जीएम, मान बहादुर छहरी, तुल्सीराम कंडेल, नारायण परियार, धनी उचै, इन्द्र बहादुर थापा र जितमान थापा रहनुभएको छ ।

सिटि एरिया समिति,

सिटि एरिया को १३औं सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरुमाः अध्यक्ष– मधुकर भण्डारी, उपाध्यक्ष– माधव खनाल, सचिव– लक्ष्मण केसी, सहसचिव– गिर बहादुर रसाइली, कोषाध्यक्ष– माधिराम भण्डारी, सदस्यहरुमाः जीवन बस्याल, केशव खनाल, इन्दिरा कुँवर, रमा विष्ट, दिलबहादुर गाहा, प्रवीण बस्याल, चोपलाल शर्मा, मिठु रुचाल, हेमन्त भण्डारी, नेत्र बहादुर थापा, निल बहादुर गाहा, कमल बगाले, मन बहादुर गाहा, राजु थापा, रोशनी केसी, लोक बहादुर थापा, सरोज शर्मा, होतराज भण्डारी, रामराज पोख्रेल, अमित सुनार र लक्ष्मी थापा रहनु भएको छ ।

नयाँ समितिहरुलाई समाजका केन्द्रीय उपाध्यक्ष– हिरा सिंह चन्द, केन्द्रीय सदस्य कुल बहादुर बगाले, लक्ष्मण खड्का, महिला केन्द्रीय विभाग सदस्य सुष्मा खड्का, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली, सुदुर पश्चिमोत्तर महिला विभाग एवं रक्तिम टोली व्यवस्थापन जालन्धरका जमुना गाहा, नगर अध्यक्ष जीतमान थापा, नेपाली समाचार संबाददाता सृजना बगाले, विद्यार्थी संघबाट रितिका खड्का र जुगलाल बुढा लगाएतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

हिम प्रसाद सुनामको अध्यक्षतामा तथा दिल बहादुर गाहाको सञ्चालनमा सम्पन्न घोषणासभामा उपस्थित जनसमुदाय एवं अतिथिहरुलाई तिल बहादुर थापा र कलाकारहरुले स्वागत गर्नु भएको हो ।
सबै एरिया समितिहरुका उद्घाटन र बन्दशत्र छुट्टाछुट्टै सयम र स्थानमा सम्पन्न गरिएको थियो । सम्मेलनको विधिवत उद्घाटन केन्द्रीय सदस्य कुल बहादुर बगालेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार