जालन्धर नगर सदस्य जुगलाल बुढामगरलाई स्वदेश बिदाई

जालन्धर, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिका सदस्य जुगलाल बुढामगरलाई संयुक्त एरिया सम्मेलनको सन्दर्भमा स्वदेश विदाई गरिएको छ ।

बुढामगरले स्थायी रुपमा स्वदेश जाने स्वैच्छिक घोषणा पछि मूल प्रवाह नगर समिति जालन्धरले वहाँलाई विदाई गरेको हो । सो विदाइ कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्षद्वय कपिल खनाल एवं हिरा सिंह चन्दले स्मृती चिन्ह प्रदान गर्दै सम्मान प्रकट गर्नुभएको थियो ।

उक्त विदाइ कार्यक्रममा कुल बहादुर बगाले, लक्ष्मण खड्का, शुष्मा खड्का, धन बहादुर गोर्खाली, जितमान थापा, दिल बहादुर गाहा, जमुना गाहा लगायतले अबिर र माला लगाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार