झिमरुकको तोरबाङमा युवक संघको भेला

प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा नम्बर ६ तोरवाङको भेला सम्पन्न भएको छ । भेलाले वसन्त विष्टको अध्यक्षतामा १५ सदस्यीय वडा समितिको गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लोकबहादुर नगरकोटी, सचिव सुदन पोख्रेल, सहसचिव प्रविण योगि र कोषाध्यक्षमा यमकला गिरी चयन हुनुभएको छ । सदस्यहरुमा सरद थापा, नारायण पोख्रेल, श्रीप्रसाद भट्टराई, प्रकाश पुन, टंकबहादुर विष्ट, पर्वत पोख्रेल, पुर्णिमा श्रेष्ठ, डाल सिंह पुन, सुनिल सुनार र प्रकाश जिसी रहनुभएको छ ।

भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरवहादुर जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, युवक संघका जिल्ला उपाध्यक्ष कमल पौडेल, जिल्ला समन्वय समिती सदस्य दिलिप बिकलगायत हुनुहुन्थ्यो ।

यस्तै, वडा नं ५ का वडा अध्यक्ष टीका जिसी, वडा नं ६ का अध्यक्ष निमानसिं जिसी, युवक संघका झिमरुक गापा अध्यक्ष लिमानसिंह जिसी, राष्ट्रिय जनमोर्चा झिमरुकका सहसचिव भरत ढकाल, ६ नम्बर वडा सदस्य खिमा श्रेष्ठ, अनेसिसंघ झिमरुकका बोमबहादुर पोख्रेल, युवा नेता विपिन जिसी राजमो नेता हुमबहादुर विष्ट, बोमबहादुर विष्ट, जनजाती सम्मेलनका लोकबहादुर नगरकोटी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

भेलाको अध्यक्षता युवक संघ ६ नम्बर वडाका अध्यक्ष वसन्त विष्ट, सञ्चालन ६ नम्बरका युवा नेता हेमराज भट्टराई र स्वागत युवक संघका वडा उपाध्यक्ष वुद्दबहादुर पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार