टेक बहदुर बर्मा पितृसोकमा

अहमदावाद । बाग्लुङ जिल्ला बरेङ गाउँपालिका २ मसुमधारामा जन्म भै हाल गुजारातको अहमदाबादलाई कर्म थलो बनाउँदै आउनु भएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय सममितिका सदस्य तथा अहमदावाद नगर अध्यक्ष टेक बहादुर बर्मा पितृ शोकमा पर्नुभएको छ । वर्माका ८२ बर्षीय बुबा गंगाधर वर्माको आज २३ डिसेम्बर २०२० का दिन विहान ५ः१५ बजे दुखद निधन भएको हो । वर्माका ८२ बर्षीय बुबा गंगाधर वर्माको आज २३ डिसेम्बर २०२० का दिन विहान ५ः१५ बजे दुखद निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

यसै बीच मूल प्रवाह पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले सिंगो क्षेत्रीय समितिको तर्फदेखि मृतक गंगाधर वर्माप्रती हार्दिक श्रदान्जली प्रकट गर्नुका साथै शोक सन्तप्त परिवारप्रति धैर्यधारणाको कामना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार