टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेन्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना सोमबार टोकियोतर्फ लाग्नुभएको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुसिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।

सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नुहुने छ ।

यस्तै, टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार