ट्युमर पिडीतलाई मूल प्रवाहद्वारा आर्थिक सहयोग

खिमराज चालिसे

चंडिगढ, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले ट्यूमर पिडीत टेक बहादुर रास्कोटीलाइ ने.रू २४ हजार रकम सहयोग गरेको छ । सो रकम केन्द्रीय सल्लाहकार तारा सोमरे र जनजाति विभागका नगर संयोजक केहरसिंह घर्तीमगरको विषेश सक्रियतामा मूल प्रवाहका स्थानिय सदस्यहरुको सहयोगबाट संकलन गरिएको थियो ।

अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिका वाड नं २ दमार निवासी दुर्गा बहादुर रास्कोटीका २२ वर्षका छोरा टेक बहादुर रास्कोटी मेरुदण्डमा ट्युमर भएर लामो समयदेखि उपचार गरिरहेको र उनीहरुको आर्थिक स्थिति दयनीय भएकोले मूल प्रवाह हिसार नगर समितिले सो रकम संकलनका लागि पहल गरेको थियो ।

उक्त सहयोग पाणिनी गाउँपालिका राजमो अध्यक्ष देवी प्रसाद भुसाल, राजमो वार्ड अध्यक्ष मिजास सोमरे, राजमो सदस्य निम कुमारी घर्ती मगर लगायत साथीहरू पिडित परिवारको घरमा पुगी हस्तान्तरण गर्नुभएको मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमारेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार