डब्बालीको सेरगढमा मूल प्रवाहको एरिया समिति गठन

खिमराज चालिसे

डब्बाली, २४ जुलाई । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित डब्वाली नगर समिति अन्तर्गत सेरगढ एरियामास्थित बिशाल कुखुराफार्ममा नेपालीहरुको अवस्था बारे निरिक्षण गर्न हिडेको मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, सचिव त्रिभुवन भट्टराई र नगर अध्यक्ष तेजासिंह विकको टिमले त्यहाँ रहेका नेपाली कामदारहरुको अवस्थाको निरिक्षण पछि ९ सदस्यिय सेरगढ एरिया संगठन समितिको पनि निर्माण गरेको छ ।

मूल प्रवाहको विधान घोषणापत्र तथा भारतमा मूल प्रवाहको आवस्यकता विषयमा उपाध्यक्ष खनालले प्रकाश पार्नुभएको थियो । लामो छलफल पछि गौतम केसीको अध्यक्षतामा सेरगढ एरिया समिति गठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– रमेश कुँवर, सचिव– मदन केसी, कोषाध्यक्ष– सुरेश के.सी. रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः जनक के.सी., उत्तम के.सी., दिपक घर्ती, रेमलाल खनाल र एक स्थान रिक्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार