डेरावसीमा संघीयताविरुद्ध ऐक्यवद्धता

खिमराज चालिसे,

डेरावसी । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको संघीयता विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानबाट ऐक्यवद्धता प्रकट गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भष्टाचारविरुद्ध संघर्ष गरौं’ भन्ने नारासहितको आन्दोलनमा मूल प्रवाहले ऐक्यवद्धता जनाएको हो ।

समाजको विभिन्न नगरहरुमा भइरहेको ऐक्यवद्धता कार्यक्रम अन्तर्गत आज सुदूरपश्चीमोत्तर क्षेत्रको डेरावसीमा विरोध कार्यक्रम सम्पन्न गरिएको छ ।

मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौड्याल प्रमुख अतिथि रहेको सो सभालाई केन्द्रीय परिषद सदस्य काजीमान राइले पनि सम्वोधन गर्नुभएको थियो । वक्ताहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा गर्न तथा संघीयता खारेजीको आन्दोलनलाई सहयोग गर्न आवश्यक्ता अनुसार देशभित्र पनि जान तयार रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

नगर उपाध्यक्ष संजय विकको अध्यक्षता तथा दिलमाया लुइटेलको सञ्चालनमा भएको कार्यक्रममा श्याम धिमालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार