ढल्कदो उमेरसँगै खानपानको तालमेल

जब उमेरले १८ वा २० बर्ष पुरा गर्छ, त्यसपछि भने यस किसिमको शारीरिक परिवर्तन धिमा हुन्छ । त्यसपछि उनीहरुको उचाई, मोटाई पनि करिब निश्चित हुन्छ । २५ वा ३० बर्षपछि मान्छेको शारीरिक विकास त्यती हुँदैन । उनीहरु हिजो जस्ता थिए, दुई बर्ष वा तीन बर्षपछि पनि उस्तै देखिन्छन् ।

बरु, उनीहरुमा बुढ्यौलीको रंग चढ्न थाल्छ । अनुहारमा दागधब्बा आउन थाल्छ, चाहुरीपन देखिन थाल्छ । तर, शारीरिक विकासको क्रम एकदमै सुस्त हुन्छ । आखिर किन यस्तो हुन्छ ?

यो एक प्राकृतिक र स्वभाविक प्रक्रिया हो । हाम्रो शरीरमा रहेको एक हर्मोन नै यसको लागि जिम्मेवार मानिन्छ । यसलाई ‘ह्युमन ग्रोथ हर्मोन’ भनिन्छ ।

शारीरिक विकासका लागि ‘ह्युमन ग्रोथ हर्मोन’ महत्वपूर्ण हुन्छ । यसले शरीरका कोशिका निर्माण एवं पुनर्निमाणको काम गर्छ । यो रक्त ग्रोथ हर्मोनले हामीलाई जवान राख्न मद्दत गर्छ ।

तर, जति–जति उमेर बढ्दै जान्छ, हाम्रो शरीरमा हर्मोन बन्ने क्रम पनि धिमा हुँदै जान्छ । ३० बर्षको उमेरपछि हाम्रो शरीरले ग्रोथ हर्मोन बनाउन कम गर्छ । १० बर्षको अवधीमा यस किसिमको हर्मोन बढ्ने क्षमतामा २५ प्रतिशत कमी आउँछ ।

यो हाम्रो शरीरमा रहेको हर्मोन हो । यसले शरीरमा मांसपेशी र कोशिका विकास गर्छ । ह्युमन ग्रोथ हर्मोन पिट्युटरी ग्ल्यान्डमा बन्छ । यस हर्मोनको अभावमा शरीरमा मांसपेशीको गठन र हड्डी बढ्ने संभावना हुँदैन ।

बालबालिका एवं किशोर-किशोरीको उचाई एकदमै तिब्र गतिमा बढिरहेको हुन्छ । यसमा ‘ह्युमन ग्रोथ हर्मोन’को भूमिका महत्वपूर्ण हुन्छ ।

क्याल्शियमको सेवन पनि हाम्रो लागि एकदम महत्वपूर्ण हुन्छ । क्याल्सियमले हाम्रो हड्डी मात्र बलियो हुने होइन, यसले हाम्रो उचाई बढाउन पनि सहयोग गर्छ । त्यसो त निश्चित उमेर अवधीमा योग विधीबाट पनि उचाई बढाउन मद्दत मिल्छ । योगले तनावमुक्त राख्नका साथै शारीरिक विकासमा पनि सहयोग गर्छ ।

चिनीको सेवन कम गरौं

मधुमेहले ग्रस्त व्यक्तिको तुलनामा सामान्य व्यक्तिको ‘ह्युमन ग्रोथ हर्मोन’को लेभल ३–४ गुणा बढी हुन्छ । इन्सुलिनको सोझो प्रभाव हुने भएकाले चिनीको धेरै प्रयोग गर्दा तौल र मोटोपन बढ्छ । यसको असर ह्युमन ग्रोथ हर्मोनको स्तरमा पर्छ ।

त्यसैले धेरैभन्दा धेरै सन्तुलित आहार लिनुपर्छ । किनभने हामीले लिने आहारको सोझो प्रभाव हाम्रो स्वास्थ्य, हर्मोन र शारीरिक बनावटमा पर्छ ।

राती कम खाना खाने

राती सुत्नुअघि धेरै खाना खानु उपयुक्त हुँदैन । अधिक कार्बोहाइड्रेट र प्रोटीनयुक्त खानाले इन्सुलिन बढाइदिन्छ । यसले राती बनाउने ‘ग्रोथ हर्मोन’ रोक्छ । खाना खाएपछि २–३ घण्टासम्म इन्सुलिनको स्तर कम हुन्छ ।

दिनचर्या बदलौ

लगातार तनावमा रहँदा शरीरमा ह्युमन ग्रोथ हर्मोनको संचय कम गर्छ । हास्ने र खुसी हुने बानीले शरीरमा सकारात्मक उर्जा प्राप्त हुन्छ । साथै ग्रोथ हर्मोनमा पनि बढोत्तरी हुन्छ ।

कृतिम विधी

त्यसो त ह्युमन ग्रोथ हर्मोन बढाउनका लागि बजारमा प्रशस्तै औषधी पनि पाइन्छ । तर, यसको प्रयोग हामीले आफ्नो मर्जी अनुसार गर्न सक्दैनौ । यसको सेवनअघि चिकित्सकसँग परामर्श लिनैपर्ने हुन्छ । यदि चिकित्सकले आवश्यक ठानेमा मात्र हामीले यस किसिमको औषधी सेवन गर्न सक्छौं ।

साइड इफेक्ट

आवश्यक नभई ह्युमन ग्रोथ हर्मोन प्रयोग गर्नु हानिकारक हुनसक्छ । यसको बढी भन्दा बढी प्रयोगले शरीरका कतिपय अंग अनावश्यक रुपले बढ्न सक्छ ।

ह्युमन ग्रोथ हर्मोन कसरी बढाउने ?

-व्यायाम सुरु गरेको आधा घण्टापछि शरीरमा ग्रोथ हर्मोन बन्न सुरु गर्छ, जुन ४५ मिनेटसम्म बढ्छ । अर्थात ६० मिनेटसम्म स्थिर रहनछ । यसपछि यसको लेभल घट्न शुरु हुन्छ ।

-शरीरले दिनभरमा जति ग्रोथ हर्मोन बनाउँछ, त्यसको ७५ प्रतिशत निर्माण गहिरो निद्राका क्रममा बनाउँछ ।

-ह्युमन ग्रोथ हर्मोनका लागि भिटामिन र राम्रो डाइट एकदम जरुरी छ । विशेषज्ञका सल्लाह विना कुनैपनि सप्लीमेन्ट्स प्रयोग गर्नु हुन्न ।

-शरीरमा ग्रोथ हर्मोन कायम राख्नका लागि नियमित रुपमा आवश्यक क्यालोरीको २० प्रतिशत हिस्सा शुद्ध फ्याटबाट प्राप्त गर्न सकिन्छ ।

खास आहारले बढाउँछ ग्रोथ हर्मोन

स्वस्थ्य शरीर पाउनका लागि ग्रोथ हर्मोन एकदमै आवश्यक हुन्छ । यो मांसपेशीका लागि एकदम अहंम हुन्छ । यसका लागि प्रोटीनयुक्त भोजन गर्नुपर्छ ।

मासु र माछाको सेवन

एमिनो एसिडको महत्वपूर्ण स्रोतमा एक खास हो, माछा र मासु, जो पूर्ण रुपमा प्रोटिनले भरिपूर्ण हुन्छ । यसले शरीरमा ह्युमन ग्रोथ हर्मोन बनाउन पनि सहयोग गर्छ ।

दुधजन्य र अन्डा

भरपुर प्रोटिनका लागि दुधजन्य परिकार र अन्डा पनि विशेष मानिन्छ । अर्थात ह्युमन ग्रोथ हर्मोन बनाउनका लागि सबैले आवश्यक एमिनो एसिड प्रदान गर्छ । दुध र सोया दुधमा लगभग प्रति एक गिलासमा ८ ग्राम प्रोटिन हुन्छ, जबकि स्ट्रिग पनिर वा अन्डामा ६ ग्राम प्रोटिन हुन्छ ।

सब्जीको अधिक सेवन

एमिनो एसिड हासिल गर्नका लागि धेरैभन्दा धेरै सागसब्जी प्रयोग गर्नुपर्छ । किनभने धेरैजसो सागसब्जीमा एमिनो एसिड हुन्छ । त्यसैले आफ्नो नियमित खानपानमा सागसब्जी प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार