तारापुरमा महिला भेला सम्पन्न

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला नगर बिभागको चौथो भेला सम्पन्न भएको छ । देबि थापाको अध्यक्षताबाट सुरु भएको सो भेला संचालन सुमित्रा नेवारले र स्वागत मन्तव्य सुनिता पुन दिनुभएको थियो ।

मध्य पश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुवरको भेलाको प्रमुख आतित्थ्यता तथा रक्तिम साँस्कृतिक अभियभानकी केन्द्रीय सदस्य उषा तरामी, रक्तिम केन्द्रीय विभागका बोम सिंजापती, महिला क्षेत्रीय विभागकी संयोजक रेनुका कुँवर, तारापुर नगर अध्यक्ष खड्क राइले मन्तव्य राख्नु भएको थियो ।

भेलाले ११ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ । जसमाः अध्यक्ष– सुनिता पुन, सचिव– सुमित्रा नेवार, कोषाध्यक्ष– पुनम राइ, सदस्यमा क्रमशः शान्ती थापा, गिता सारु मगर, देबि थापा, सरासती पल्ली मगर, खुज्बु थापा, फुलमाया परिवार, सबिता चापागाइ रहेका छन् । अन्तयमा रक्तिम परिवारबाट नयाँ समितिलाई गितबाट बधाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार