तारापुरमा मूल प्रवाहको धमाधम संगठन विस्तार

तारापुर । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिले धमाधम संगठन विस्तार अभियान सञ्चालन गरेको छ । नगर समिति अन्तर्गत तिर्बेदी नगरमा लेखनाथा पाण्डेको पहल र मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवर, नगर अध्यक्ष खडक राइ र ज्ञानप्रसाद भट्टराईको बिषेश उपस्थितमा २ जनवरीका दिन ९ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– लेखनाथ पाण्डे, सचिव– सुन्दरसिंह मल्ल, कोषाध्यक्ष बिकास श्रेष्ठ, सदस्य देबि थापा, सान्ती थापा, फुलमाया परिवार, रेनुका कुँवर, उसा तरामी मगर र लाल बहादुर रहेका छन् ।

त्यसै गरि १२ जनवरीका दिन सोही नगर समिति अन्तर्गत माहादेब नगरमा टंक कुवरको पहल र रक्तिम केन्द्रीय बिभागका बोम सिंजापनी, मध्य पश्चिम भारत क्षेत्रीय सहसचिब ज्ञान प्रसाद भट्टराई र तारापुर नगर उपाध्यक्ष लोकमणि पाण्डेको उपस्थितमा एरिया समिति गठन गरिएको छ । जस्माः अध्यक्ष– बिशाल सुनार, सचिव– मनोज सुनार, कोषाध्यक्ष– धनबहादुर सुनार, सदस्य क्रमशः बिकास सुनार, सुनिल खत्री, गणेश सुनार, देबि सुनार, उमेरा गुरुङ, बुद्ध गुरुङ, सिमा गुरुङ, राम बहादुर सुनार र करन सुनार रहेका छन् ।

संगठनको बिधान र उद्देश् यबारे टंक कुँवरले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार