तारापुरमा मूल प्रवाहको संगठन विस्तार

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत मंगलमुर्तीमा एरिया समिति दोस्रो भेला तारापुर नगर अध्यक्ष खडक राइको पहलमा १६ जनवरी २०२० का दिन मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुंवर क्षेत्रीय सहसचिव ज्ञान प्रसाद भट्टराई र तारापुर नगर उपाध्यक्ष लोकमणी पाण्डेको बिसेस उपस्थितमा ९ सदस्यीय टोल समिति पुर्नगठन गरिएको छ ।

जसमाः अध्यक्ष– सरस्वती पल्ली मगर, सचिव– फत्ते बहादुर थापा, कोषाध्यक्ष– याम बहादुर थापा, सदस्य क्रमश ः हिमा मगर्नी, रुमा देबि थापा, पुनम राइ, सिता सिंह, हरि बहादुर थापा, दल बहादुर पल्ली मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार