तिजी गित

जनक बिसी (कोचिन)

उखान टुक्का हालेर धेरै बोलि गई हाल्यो,
बोल्दा पनि नबुझीने मानिस आई हाल्यो ।
उठ दिदी उठ बहिनी जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

बलात्कार हत्या बढेर महिला धेरै धरापमा,
राज्ययन्त्र संयन्त्र नै बढी खराबमा,
उठ दिदी उठ बैनि जुरुक्क उठन
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

फेसबुकले बनायो समाज धेरै प्रताडित,
छोरि जाति नबिग्र देउ भयो धेरै पिर ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

अरु देशका मानिसहरु मङ्ल ग्रहमा पुगिसके,
हाम्रो देशको शाषकहरु चोर बनिरहे ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

देशका युवा शक्ति भरि विदेशमा पलान भए,
विदेशको रेमिटान्सले देश चलाउने भए ।
उठ दिदि उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

प्रवासिएका नागरिकको रोजगारि ब्यवस्था गर,
गणतन्त्रको राज्ययन्त्रमा केही प्रगति त गर ।
उठ दिदि उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

ओलि धेरै बोलेर देश प्रतिगमन गरि र¥यो,
रास्ट्रियता गणतन्त्र धर्मनिरपेक्षता धरापमा पारि दियो ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

सर्बोच्चले न्यायलयको कानुनी राज दियो,
गणतन्त्रमा देश बचाउने जनताको जित भयो ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

देशै भरि चारै किल्ला सिमाना मिच्या छ,
खुल्ला सिमाना आवा जावतले देशै कब्जा छ ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

प्रतिगमन खतम होईन खतरा बढया छ,
राजतन्त्रको प्रतिनिधि बालुवाटार पस्या छ ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

गणतन्त्रलाई रक्षा गर्दै संघीयतालाई खारेज गरौ,
प्रजातन्त्रलाई बिकेन्द्रिकरण गरि जनतालाई अधिकार देउ ।
उठ दिदी उठ बैनि जुरुक्क उठन,
आफ्नो हक लिनलाई कम्मर कसन । ३………………

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार