जनक शर्मा (रेशम)
बर्ष दिनको तिज आयो घुमिफेरी आँगन
माईति घर सुन्य पार्यो चेलि रुवाँउन ।
कस्तो रोग आयो बरै भेटघाट बन्द भो
नाच्ने गाउने समय यो आँगन सुन्य भो ।
दिदी ल्याउन जान्थ्यौं, हातमा छाता टेकेर
आफ्नैसँग टाँढा भैयो भाग्छन् देखेर ।
कस्तो पापी महामारी संसारमा फैलियो
निर्दयीले लुकिछिपी लाखौं ज्यान लियो
सानो ठुलो धनि गरिव कसैलाई नि छाडेन
बम गोला बारुदलाई यसले टेरेन ।
मै हुम भन्ने देश पनि हायल कायल बनायो
सेखि तोड्यो विभेदकारी ताण्डव देखायो ।
लाखौं श्रमिक बेरोजगारी चपेटामा पर्याछन्
पेट पाल्न संसार गएका त्यहि ढल्या छन् ।
लाखौं श्रमिक विदेशमा विचल्लीमा पर्या छ
घरमा जहान बाल बच्चालाई पिर पर्या छ ।
कोरोनाको कहरले गरिव जनता थिच्या छ
काम छैन गरि खान दाना रित्या छ ।
नरोऊ चेली बाच्दै राखे अर्को साल नाँचौला
दुख्ख पिर वेदना संगै साटौला ।
सबै भन्दा ठुलो रहेछ जिवन रक्षा गर्ने
यो तिजमा यस्तै भयो चित्त वुझाउने ।
जस्तो तस्तो गरिकन यो तिज मनाउनु
घरै भित्र नाच्नु गाउनु भिडमा नजानु ।