त्रिविको स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्थगित विभिन्न तहका परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जनाएको छ । गत चैत ९ गतेदेखि लकडाउन जारी भएपछि विभिन्न तहका परीक्षाहरु स्थगित हुनुका साथै बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन सकेको थिएन ।

त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिने उल्लेख छ ।

परीक्षा तालिका व्यवस्थापन संकाय डिनको कार्यालयका वेवसाइटहरु डब्लुडब्लुडब्लु डट एओएमईसीडी डट ईडीयू डट एनपी र डब्लुडब्लुडब्लु डट टीयूडीओएमएस डट ओआरजीमा पछि प्रकाशित हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार