दक्षिण भारत क्षेत्रीय समितिका भूतपूर्व सहसचिव कमल विकको कोभिडबाट निधन

बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भूतपूर्व सहसचिव कमल विकको कोभिड निमोनिया सङ्क्रमणका कारण निधन भएको छ ।

कोरोना र निमोनियाबाट ग्रस्त भई गत २६ दिनदेखि रुपन्देही बुटवलस्थित प्रादेशिक हस्पिटलको सघनकक्षमा उपचार गराइरहनुभएका ४५ वर्षीय कमल विकको २०७८ साउन ११ गते बिहान ९ बजे असामयिक निधन भएको हो ।

दक्षिण भारत केरलको त्रिभेन्द्रम नगर समितिमा रहेर एकता समाजमा सक्रिय रहनुभएका कमल विक खेलाडी र कलाकारसमेत हुनुहुन्थ्यो । केही समयअघि उहाँ स्वदेश फर्कनुभएको थियो ।

गुल्मी, कालीगण्डकी गाउँपालिका–६ खड्ककोटबाट नवलपरासी (सुस्ता पश्चिम) सुनवल बसाइँ सर्नुभएका विकको आजै दासंस्कार गरिने बताइएको छ ।

कमल विकको दाहसंस्कार गरियो

नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी (सुस्तापश्चिम) का पार्टी सदस्य कमल विक (क. किरण) को २०७८ साउन ११ गते दाहसंस्कार बुटवलको मगरघाटमा गरिएको छ ।

क. किरण (कमल विक) को श्रद्धाञ्जली सभामा राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेलको सञ्चालनमा राजमो जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले क. किरणको पार्थिब शरीरमा पार्टीको झन्डा ओढाएर जिवनीसहितको श्रद्धाञ्जली अर्पण गर्नुभयो । अन्तमा एक मिनट मौन धारण गरिएको थियो ।

श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै राजमो नेता तिलकप्रसाद सुवेदीले “क. किरणको मृत्युले नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी (सुस्ता पश्चिम) का साथै यस क्षेत्रको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको तथा मृत्युबाट उत्पन्न क्षतिलाई पूर्तिका लागि सम्पूर्ण साथी र शोकाकुल परिवार जनले शोकलाई शक्तिमा बदलेर उहाँको सपना साकार पार्नुपर्नु पर्नेमा जोड दिनुभयो ।

कमल विक (क. किरण) को जन्म २०३२ साउन २० गते गुल्मी कालिगण्डकी गाउँपालिका–६ उपल्लो कोरेङमा बुबा धनबहादुर विश्वकर्मा र माता टुल्की विश्वकर्माको कान्छा छोराको रूपमा भएको थियो । २०५१ सालदेखि दक्षिण भारतमा रोजगारीका लागि जानुभएको र त्यहीँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुँदै नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पार्टीसदस्य हुनुभयो । उहाँ २०७६ सालदेखि नवलपरासी जिल्ला सुनवल नगरपालिका–१ रुपौलियामा आई पार्टीमा आबद्ध हुनुका साथै उहाँ जातीय समता समाज नवलपरासी जिल्ला संयोजन समितिको सदस्य भई क्रियाशील रहँदै आउनुभएको थियोे ।

उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा साउन ११ गते बिहान ९ बजे उहाँको निधन भएको थियोे । उहाँ असार २१ गतेदेखि कोभिड सङ्क्रमित भई असार २३ गते बुटवल लुम्बिनी अस्पतालमा भर्ना भई उपचार गराउदै आउनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार