दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध नेपाल बन्दसम्म कार्यक्रम

काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नौ दलीय गठबन्धनमा एक दल थपिएर अब ‘दश दलीय मोर्चा’ बनेको छ । नेकपा (संयुक्त) सो मोर्चामा थपिएको हो । फागुन ८ गते बसेको बैठकले नेकपा (संयुक्त) लाई थप गरिएको मोर्चाका तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाल बन्द’ लगायत संघर्षको घोषणा गरेको छ ।बैठकले दश दलको नेतृत्वमा कार्यक्रमहरु ठेगान गरेको छ । कार्यक्रमहरु यसप्रकार रहेका छन् ।

१. फागुन १२ गते भित्र व्यवस्थापिका संसदका सदस्यहरुलाई एमसीसी सम्झौता खारेजीका लागि खबरदारी पत्रको साथै एसएमएस पठाउने ।

२. फागुन १५ गते सम्म स्थानीय स्तरमा एमसीसी सम्झौता खारेजी र सीमा कब्जाको विरोधमा विरोध सभा गर्ने ।

३. फागुन १४ गते काठमाडौमा एमसिसि सम्झौता खारेजीको लागि अभियान चलाएका विभिन्न संघ, सस्था,व्यक्तिसहितको अन्तरक्रिया कार्यक्रम गर्ने ।

४. फागुन १६ गते संसद घेर्ने कार्यक्रम गर्ने ।

५. फागुन १३ गते दश राजनीतिक दलको उच्चस्तरीय बैठक बसेर संघर्षलाई उच्च स्तरसम्म लैजान नेपाल बन्द सहितका ठोस कार्यक्रमहरु तय गर्ने समझदारी सहित सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार