दाङका दुई किशोर एक हप्तादेखि बेपत्ता

खिमराज चालिसे, चंडिगढ ।

दाङ जिल्लाका दुई किशोर एक हप्तादेखि सम्पर्कबिहीन भएका छन् । तुल्सीपुर उपमहानगरपालिका–६ बनकट्टा गणेश टोल निवासी रामलाल बगालेका छोरा १८ वर्षीय थमिराम बगाले र उनका साथी १७ वर्षीय जीवन न्यौपाने सम्पर्कबिहीन भएका छन् ।

मंसिर ५ गतेदेखि सम्पर्कबिहीन भएका दुवै किशोर भारततर्फ भएको अनुमान गरिएको छ । वेपत्ता किशोरका परिवारजनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग खोजतलासका लागि आग्रह गरेको  श्रीगंगा नगर समितीका अध्यक्ष गिरुप्रसाद न्यौपानेले बताउनुभयो ।

करिव ५ फुट उचाइ गहुँ गोरो वर्ण भएका किशोरहरुलाइ फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय वा भारतमा गिरुप्रसाद न्यौपाने (९१९४१३५१४६४८) तथा नेपालमा रामलाल बगाले (००९७७९९८४७८५३०३०) लाई खबर गरिदिनुहुन मूल प्रवाहले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार