दाङका विभिन्न स्थानमा अन्तक्रिया कार्यक्रम सम्पन्न

गणेश आचार्य
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको आयोजनामा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अबधारणा पत्र पेस गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब केन्द्रीय सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कमला जिसि, नेपाली कांग्रेस जिल्ला उपसभापति कमान सिंह भारती, नेकपाका विवेक श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका समीर केसी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त, समुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे ।

जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

त्यसैगरि राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका दाङको आयोजनामा भालुबाङमा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष केसबराज खनालको अध्यक्षता र कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले अबधारणा पत्र पेश गर्नु भएको थियोे । कार्यक्रम राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, नेकपाका धर्मराज अधिकारी, नेपाली काग्रेसका इकाई सभापति दुर्योधन पाण्डे, अखिल नेपाल किसान संघ केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्य, लालमटिया गाबिसका पुर्ब अध्यक्ष दोर्ण भुसाल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगत भुसाल, भालुबाङ खानेपानी अध्यक्ष हस्त गुरुङ, होटेल ब्यबसाइ संघ भालुबाङका अध्यक्ष महेश रिजाल, माबि मौरिघाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायतले धारणा राख्नुभएको थियो ।

जिल्ला सल्लाहकार रमेशमान गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसिले गर्नु भएको थियोे ।

त्यस्तै राष्ट्रिय जनमोर्चा लमही नगर समितिको आयोजनामा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्कृयामा अबधारण पत्र र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने कुरामा जोड दिइएको थियो । भारतले सधैं नेपालको राष्ट्रियता माथी गिद्दे नजर लगाउने भएकोले यतिबेला सिंगो देश राष्ट्रियताको मुद्दामा एक ठाउँ भएको बेला यो मुद्दालाई अघि बढायर समस्याको समाधान गर्नु पर्ने समेत अवधारणा पत्रमा उल्लेख गरिएको छ ।


कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि, नेकपाका वसन्त शर्मा, नेपाली काग्रेसका कर्ण बहादुर बुढाथोकी, नेकपा क्रान्तिकारी माओवादीका रामचन्द्र घिमिरे, शिक्षा प्रेमी तथा बुद्धिजीवी दामोदर पान्डे र शशिधर ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघ अकोरामका प्रदेश अध्यक्ष केपि घिमिरे, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला साह, अखिल नेपाल युबक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसि, पत्रकार दसरथ घिमिरे, राधेश्याम गुप्ता दिबाकर पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियोे ।

नगर अध्यक्ष हरि थापाको अध्यक्षता सल्लाहकार पदम गोराथोकीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिब लेखराज आचार्यले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार