दाङमा बढ्दै छ राजमोप्रति आकर्षण

दाङ । राष्ट्रिय जनमोर्चाको नीति तथा सिद्धान्त एवं निष्कलंक छविका कारण देशैभर राजमोप्रति सर्वसाधारण र विभिन्न पार्टीका कार्यकर्ताहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय राष्ट्रिय जनमोर्चामा आवद्ध हुन चाहनेको संख्या बढ्दै गएको छ ।

दाङ जिल्लाका विभिन्न पालिकाहरुमा चलेको अभियानमा सयौं व्यक्तिहरु राजमोमा आवद्ध भएका छन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा सर्वसाधारणदेखि अन्य पार्टीमा सक्रिय नेता कार्यकर्ताहरुसमेत छन् ।

आइतबार घोराही उपमहानगरपालिका–१६ मा पनि ठूलो संख्यामा स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यबाट पार्टीको सदस्यता लिँदै उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

टार्जन गिरीको नेतृत्वमा राजमोमा प्रवेश गर्नेहरुमा सुदन रावत, गनबिर गिरी, प्रदेशु चौधरी, साबित्रा गीरी, दिल बहादुर पुरी, दामोदर पुरी, सन्देश खत्री, सर्जन पुरी, लालबहादुर पुरी, अमृत रोका, झरना रोकाय, सेर बहादुर गिरी, प्रमिला पुरी, बल बहादुर वली, पुर्ण बहादुर रोकाय, अमर गिरी, पार्बती रावत लगायत दर्जनौं रहनु भएको छ ।

कार्यक्रममा आफ्ना धारणाहरु राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले अबको वैकल्पिक शक्ति राष्ट्रिय जनमोर्चा नै भएको बताउनुभयो । उहाँले पार्टीको निस्कलंक छवि र क्रान्तिकारी विचार जनताले बुझिसकेको भन्दै भ्रमको राजनीतिबाट अलमलमा नपरी राष्ट्रिय जनमोर्चामा आवद्ध हुन आम नागरिकसँग अपील गर्नुभयो ।

कार्यक्रममा राजमो नगर अध्यक्ष हरी खरेल र अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्तीले पनि आफ्ना धारणाहरु राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार