दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्युु ,२९ जना घाइते, ३काे अवस्था गम्भीर

रिसव अाचार्य

दाङ। दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ । लु १ ख ९८६३ नं काे गाडि घाेराहिदेखि भालुवाङ अाउदै गर्दा घाेराहि लमही सडक खण्ड काे घाेराहि उप महानगरपालिका ३ मुसाेट मा दुर्घटना भएकाे हाे।गाडि काे ब्रेक फेल भई अनियन्त्रित भएर साईडकाे नालिमा गएर भित्तामा ठाेकिन पुगेकाे वडा प्रहरी कार्यालय लमहिले जनाएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका ९ घर भएका १९ वर्षिय सहचालक अतिराम चौधरी र सैनामैना नगरपालिका १ का २८ वर्षिय यादव खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय दाङ ले जनाएको छ।

घाइतेहरूको भने लमहि अस्पताल ,फ्लाेरेन्स अस्पताल र सिड अस्पताल मा उपचार भैरहेकाे छ।गम्भीर अवस्था रहेका घाइते हरुलाई भने बुटवल रिफर गर्ने तयारि रहेकाे छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार