दाङमा विषय फरक–फरक तर सन्दर्भ एक

दाङ । कम्युनिस्ट आन्दोलनको भबिष्य अजय र सुन्दर रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भौतिक रुपमा टाढा टाढा रहेता पनि प्रबिधिको माध्यमबाट १५१ औं लेनिन दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिबसको सन्दर्भमा आयोजित भिडियो कन्फेरेन्स मार्फत गरिएको बिचार गोष्ठीमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

बक्ता अनुसारको विषय राखिएको उक्त कार्यक्रमको संयोजन अखिल छैटौंका पुर्ब दाङ जिल्ला सदस्य प्रेम सुबेदीले पोखराबाट गर्नु भएको थियोे । गोष्ठिमा नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि र बर्तमान अबस्थाको विषयमा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले घोराहीबाट आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

विश्व कम्युनिस्ट आन्दोलनको बारेमा अध्ययन समूह दाङका अध्यक्ष प्रमोद धितालले दाङ हापुरेबाट मन्तव्य राख्नु भएको थियोे ।

नेपालको कम्युनिस्ट आन्दोलनको भबिष्यको बारेमा हरि नेपालीले काठमाडौबाट मन्तव्य राख्नु भएको थियोे ।

नेपालको कम्युनिस्ट आन्दोलन र उत्पीडित जातिको अधिकारको विषयमा अखिल नेपाल शिक्षक संघका दाङका जिल्ला अध्यक्ष भानु जिएमले कालाकाटे देउखुरी दाङबाट आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुशील खडकाले दाङ बबई गाउँपालिकाबाट आफ्नो बिचार राख्नु भएको थियो ।

साहित्यकार नुमेस जिएमले भारतको दिल्लीबाट आफ्नो बिचार राख्नु भएको थियोे ।

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रोफेसर निमेस लम्सालले मन्थलीबाट कार्यक्रमको समिक्षा गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार