दाङ जिल्लाका घर घरमा राष्ट्रिय जनमोर्चा

दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो, जनभेटघाट तथा सदस्यता अभियान निरन्तर चलिरहेको छ । पार्टीले देश ब्यापिरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान अन्तरगत उक्त अभियान चलेको हो ।

जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढबा गाउँपालिका र राजपुर गाउँपालिकामा छुट्टाछुट्टै टोली परिचालन भएका छ्न् । दङिसरण, शान्तिनगर र बबईमा एउटै टोलीले अभियान अगाडि बढाएको छ ।

घोराहीले दुई टोली निर्माण गरि छुट्टाछुट्टै अभियानलाई अगाडि बढाएको छ । एउटा टोलीको नेतृत्व नगर अध्यक्ष हरि खरेलले गर्नु भएको छ भने अर्को टोलीको नेतृत्व नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतले गर्नु भएको छ । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको सदस्यता लिने लहर चलेको छ । अभियान फागुन मसन्तासम्म चल्ने राजमो दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार