दिल्लीमा अलपत्र परेकी गितालाई मूल प्रवाहले न्याय दिलायो

नयाँ दिल्ली । दलालले विदेश पठाउने बहानामा दिल्लीमा पु¥याई अलपत्र पारिएकी एवं ठगिएकी बाग्लुङ ढोरपाटन २ टाडी निवासी गिता पौडेललाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्याय दिलाएको छ ।

११ जुन २०२१ का दिन गिता पौडेलले न्याय पाउँ भनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयमा निवेदन दिएकी थिइन् । निवेदनमा उल्लेख भए अनुसार भिजिट भिसामा दुबै पठाउन गितालाई दलालले दिल्ली पुर्याएको थियो । गिताको अनुसार उनीसँग दलालले ३ लाख, ६८ हजार नगद लिएको थियो ।

लामो समयसम्म आफूलाई आनाकानी गर्दै दुबै पठाउन ढिलो गरे पछि पैसा माग्दा उल्टै शारिरीक र मासिक यातना दिने, धम्की दिनेसम्मको कार्य दलालबाट भए पछि आफू बाध्य भएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समक्ष उजुरी दिन पुगेको गिताले बताइन् ।

सो विषयलाई लिएर महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, गुडगाव नगर अध्यक्ष रण बहादुर थापा, नगर सदस्य शिव तिवारी सहितको प्रतिनिधि मण्डल र पिडित गिता पौडेल सहितको उपस्थितिमा हरियाण पुलिस आयुक्तलाई भेट गरि दोषीलाई खोजविन र कारवाहीको माग गरिएको थियो ।

मूल प्रवाहका सक्रिय कार्यकर्ताहरु र गुगाव पुलिसको खोजीमा दोषीलाई खोजी १२ जुलाई २०२१ का दिन पिडित गिता पौडेललाई सो आर्थिक दिलाइएको छ । गाउँले दाई गोविन्द महतको जिम्मा लगाई गिता पौडेललाई स्वदेश पठाइने कपिल खनालले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार