दिल्लीमा लकडाउन : प्रवासी मजदुरलाई सास्ती

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन घोषणा गरिएको छ । दिल्लीलगायतका कैयौं ठूला सहरमा लकडाउन घोषणा गरिएसँगै प्रवासी मजदुरहरु नराम्रोसँग प्रभावित भएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २६ अप्रिल बिहानसम्म लकडाउन गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री  केजरीवालले कुनै पनि प्रवासी मजदुरलाई दिल्ली नछोड्न अपिल गरेका थिए । तर कामदारहरू आफ्नो जीविकोपार्जनका लागि चिन्तित देखिएका छन्।

दिल्लीमा लकडाउन घोषणापछि भारत छोड्नेहरुको आनन्द विहारमा ठूलो जमघट भएको छ । दिल्लीबाट बाहिरीने बसहरूमा मजदुरहरुको ठूलो भिड लागेको बीबीसी हिन्दीले जनाएको छ ।

पछिल्लो वर्ष जब लकडाउनको घोषणा भयो, त्यहाँ ठूलो संख्यामा मानिसहरू बाहिरिएका थिए । प्रत्येक ठूला शहरहरूमा उस्तै दृश्यहरू देखियो । धेरै व्यक्तिले लामो दूरीमा पैदल यात्रा गरे । धेरै मानिसहरूले आफ्नो ज्यान पनि गुमाए ।

धेरै आप्रवासी कामदारहरू भन्छन् कि अब जब उनीहरूको दिल्लीमा आम्दानी रोकिन्छ, तब उनीहरुका लागि फर्किनु नै राम्रो हुन्छ ।

कोरोनाको दोस्रो लहर आएसँगै भारतमा हरेक दिन दुई लाख भन्दा बढी संक्रमण फैलिरहेको छ । यसबाट दिल्लीको अवस्था पनि एकदम खराब भएको छ ।

दिल्लीमा गरिएको लकडाउनले नेपाली मजदुरहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । लाखौंको संख्यामा नेपाली मजदुरहरु भारतका विभिन्न शहरमा कार्यरत छन् ।

यद्यपी हिजोसम्म बस स्टेसनहरुमा ठूलो भिडभाड देखिएपनि आज भने दिल्ली सुनसान बनेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ अतिआवश्यक सेवा बाहेक सबै ठप्प पारिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार