दिल्ली, जयपुर र मुम्बईमा प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिल्ली, जयपुर र मुम्बईमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । सो स्थानहरुमा समाजका क्षेत्रीय समितिहरुको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको हो ।

दिल्लीमा सम्पन्न प्रशिक्षण कार्यक्रम समाजको पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न पारिएको हो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य लालचन्द पन्थ, मतिराज गौतम, सल्लाहकार धनवीर पुन, सुर्य बहादुर क्षेत्री, राम बहादुर विकको आतित्थ्यता गर्नुभएको थियो ।

क्षेत्रीय सहसचिव शिव केसीको सञ्चालन तथा क्षेत्रीय कावा अध्यक्ष विक्रम सिंह राणाको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारणपछि उपस्थित जनसमुदायलाई क्षेत्रीय सचिव शालिकराम आचार्यले स्वागत गर्नुभएको थियो ।

जयपुर,

यहाँ सम्पन्न प्रशिक्षण कार्यक्रम समाजको मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न पारिएको हो ।

नारायण ज्ञावलीको सञ्चालन तथा इश्वरी आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई तेज बहादुर घर्तिले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य नारायण शर्मा, सल्लाहकार धनवीर पुन मगर र सल्लाहकार वेल बहादुर रजालीले प्रशिक्षण दिनुभएको थियो ।

मुम्बई,

यहाँ सम्पन्न प्रशिक्षण कार्यक्रम समाजको मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा सम्पन्न पारिएको हो । ज्ञान प्रसाद भट्टराईको सञ्चालन तथा खुम बहादुर पुनको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा एक मिनेट मौनधारणपछि उपस्थित जनसमुदायलाई टंक कुँवरले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, सल्लाहकार धनवीर पुन मगरले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा पार्टी अनुशासन, भारतमा मूल प्रवाह अखिल भारत एकता समाजको स्थापना र महत्व र तात्कालिक राजनीतिक परिस्थिति तथा राजनीतिक पार्टी लगायतका विषयमा प्रशिक्षण चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार