दीर्घकालीन समाधान खोज्ने कि गोहीको आँशु बगाएरै बस्ने ?

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले वर्षैपिच्छे बाढी पहिरोको कारण ठुलो जनधनको क्षति हुने गरेको भन्दै दिर्घकालिन समाधानका उपाय खोज्नुपर्ने बाताउनुभएको छ । प्रदेश सभाको बैठकमा धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले सरकारले पूर्व तयारीमा ध्यान दिन नसक्दा वर्षेनी ठुलो क्षति हुने गरेको बताउनुभयो ।

समय छँदासम्म कुनै तयारी नगर्ने, विज्ञका कुरा नसुन्ने र जब बाढी पहिरो आउँछ त्यसपछि मात्रै तात्तिने सरकारी प्रबृत्तिका कारण जनताले दुःख पाउने गरेको उहाँको भनाई थियो ।

‘पहाडी क्षेत्रमा बाढी पहिरोबाट तथा तराईमा डुबान र नदी कटानको समस्याले वर्षेनी क्षति हुने गर्दछ तर सरकारले यसबारे न राम्रो पूर्व तयारी गर्ने गरेको छ, न त दिर्घकालीन समाधान खोज्ने नै गर्छ’ सांसद जिसीले भन्नुभयो, ‘जोखिम भएका क्षेत्रको पहिचान, विज्ञहरूको सुझाव आदिमा ध्यान दिएर बस्ती स्थानान्तरण गर्ने कि घटना भएपछि गोहीका आँशु बगाउने?’

उहाँले लामो समय पछि खुलेको लकडाउन पछिको जनजीवन सामान्य बनाउन खोजिएको अवस्थामा सवारी साधनले मनोमानी भाडा असुल गर्न थालेको चर्चा गर्नुभयो ।

सांसद जिसीले सरकारको मापदण्ड पालना नगरिएको, सामाजिक दूरीको ख्याल नगरी छतमा समेत मान्छे राखिएको भन्दै यसले महामारीको विकराल रूप लिए कसले जिम्मा लिने हो भन्ने प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार